३ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । 

नेप्सेमा एभरेष्ट इन्स्योरेनस, समीट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशत दरका ७ लाख १० हजार १६२ कित्ता, समीट लघुवित्तको २५.२८५४ प्रतिशत दरका ९ लाख ९७ हजार कित्ता र जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत दरका २ लाख ९५ हजार ८१२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया