असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क बुझाउन बिओके क्यापिटलको आग्रह

३ बर्ष अगाडि

बिओके क्यापिटल मार्केट लिमिटेडले सम्पूर्ण हितग्राही खातावालाहरुलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ। 

क्यापिटले एक सूचना प्रकाशित गर्दै बिओके क्यापिटल र बैंक अफ काठमाण्डूका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोल्ने सम्पूर्ण खातावालाहरुलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो। 
.
चालु आर्थिक वर्ष २०७८/७९ र अघिल्ला आर्थिक वर्षहरुमा खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्कबापत बुझाउनुपर्ने १०० रुपैयाँ बुझाउन बाँकी रहेको रहेकामा यही असार मसान्तभित्र बुझाउन क्यापिटलले आग्रह गरेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया