साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार २३.८५ अंक घटेर १९३३.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.४० अंक बढेर १९३५.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा १९ स्टकको ५ लाख ७८ हजार ९३५ रुपैयाँ बराबरको ४८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया