एस वाई प्यानल नेपालले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

३ बर्ष अगाडि

काठमाडौं- एस वाई प्यानल नेपाल लिमिटेडले आइपीओ निष्कासन गर्न प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता असार १२ गते, आइतबार सम्पन्न भयो ।

उक्त सम्झौतामा एस वाई प्यानलका कम्पनीका प्रबन्ध संचालक चोई डोंगील तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

एस।वाई। प्यानल नेपाल २०७४ असार २० गते स्थापना भएको हो । यसमा कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एस।वाइ। कम्पनी लिमिटेड कोरियाको लगानी रहेको छ । यसको प्रधान कार्यालय काठमाडौं तीनकुनेमा रहेको छ । कम्पनीले चितवन जिल्लाको रत्ननगर नगरपालिका, वडा नं। १४, पिठुवामा फ्याक्ट्री स्थापना गरेको छ ।

कम्पनीको हाल नेपाल अधिराज्य भरी ७५ वटा डिलरहरु संचालनमा रहेका छन भने यस कम्पनीको प्यानल उत्पादन क्षमता ५००० वर्ग मिटर प्रतिदिन रहेको छ । पछिल्लो समयमा यस कम्पनीको उत्पादन प्रयोग गरेर देशभरका विभिन्न ठाउँमा १० वटा भन्दा बढी हाइड्रोपावर प्रोजेक्ट साइट, कर्मचारी भवन, आर्मी क्याम्प, विभिन्न पालिकाका भवनहरु र सरकारी तथा गैर सरकारी भवनहरुका साथै हजारौँ घरहरु, कारखाना तथा चिस्यान केन्द्रहरु निर्माण भइसकेको जानकारी सम्झौताका बखतमा कम्पनीका प्रबन्ध सञ्चालकले गराए ।

३ बर्ष अगाडि

प्रतिक्रिया