काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार फेरि ओरालो लागेको छ ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ९४.९२ अंक बढेर १९५६.९९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज फेरि २३.८५ अंकले ओरालो लागेर १९३३.१३ को बिन्दुमा झरेको छ ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५६ लाख ८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ८० लाख ८८ हजार ३४२ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नागरिक लगानी कोषको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोडमाथिको शेयर खरिदबिक्री भएको हो । कम्पनीको शेयरमूल्य आज एकैदिन ११४ रुपैयाँका दरले बृद्धि भएसँगै लगानीकर्ताहरुले धमाधम शेयर बिक्री गरेका हुन् ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ९ करोड १ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ७ करोड ९९ लाख, नबिल बैंकको ७ करोड १३ लाख र एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ७८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया