आज जम्मा ३१ कम्पनीको शेयरमूल्य बढ्यो,दुई कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभमा

३ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार फेरि ओरालो लागेको छ । 

अघिल्लो कारोबार दिन अर्थात आइतबार ९४.९२ अंक बढेर १९५६.९९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज फेरि २३.८५ अंकले ओरालो लागेर १९३३.१३ को बिन्दुमा झरेको छ । 

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२९ कम्पनीमध्ये ३१ कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।

आज नागारिक लगानी कोष र न्यादी हाइड्रोपावरको शेयर कारोबार सकरात्मक सर्किट लेभमा भएको छ । नागारिक लगानी कोषको शेयरमूल्य ९.९९९ प्रतिशत र न्यादी हाइड्रोपावरको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया