सिटिजन्स बैंकको भुमेमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार

३ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकले रुकुम जिल्लाको भुमे गाउँपालिका-९ चुनवाङ रुकुम पुर्व यहि आषाढ १०, गतेबाट ९६औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया