नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नयाँ टिएमएस राख्न चाहने ब्रोकर कम्पनीको लागि कार्यविधि जारी गरेको छ। नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि,२०७९ जारी गरेको हो।
कार्यविधि अनुसार ब्रोकर कम्पनीले नयाँ टिएमएस राख्न सबैभन्दा पहिले निवेदन दिनुपर्ने छ। निवेदन अनुसार नेप्सेलाई उपयुक्त लागे नयाँ टिएमएस राख्ने अनुमति दिनेछ। नयाँ टिएमएस राख्ने ब्रोकर कम्पनीले उक्त टिएमएस सँगै दुई प्राविधिक कर्मचारी समेत राख्नु पर्नेछ। नेप्सेको प्रणालीसँग जोडे बापत ब्रोकर कम्पनीले मासिक ३५ हजार रुपैयाँ समेत बुझाउनु पर्नेछ। जुन रकम अर्ध वार्षिक रुपमा एकमुष्ट बुझाउनु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ।
प्रतिक्रिया