लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास

३ बर्ष अगाडि

काठमाडौं - लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विशेष गरी मद्दती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण लघुवित्तहरूको समग्र लगानीमा ह्रास आएको हो ।

राष्ट्र बैंकका अनुसार २०७८ चैत मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी ६ अर्ब ४३ करोड पुगेको छ । जुन २०७८ असार मसान्तको तुलनामा ५६.२७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ४४.७७ प्रतिशतले बढेको थियो ।

विशेष गरी मुद्दती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ ।लघुवित्त वित्तीय संस्थाहरूले मुद्दती निक्षेपमा २०७८ चैतसम्म ४ अर्ब ८० करोड राखेका छन् । जुन रकम २०७८ असार मसान्तको तुलनामा ६४.०१ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्दती निक्षेपमा राखेको रकम ३४.७९ प्रतिशतले बढेको थियो । लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्दती निक्षेपमा गरेको लगानी र सेयर तथा डिबेन्चरमा गरेको लगानी समेत घटेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया