काठमाडौं - नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्सको सेयर कारोबार स्थगित गरेको छ । आइतबार मर्जर सम्झौता गरेका उक्त कम्पनीहरुको ४ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पुँजी बराबरको ४ करोड ९७ लाख कित्ता सेयरको कारोबार रोक्का गरेको हो ।
आइतबार एक आपसमा गाभ्नेरगाभिने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो । हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड ३ लाख रुपैयाँ र ज्योति लाइफको २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
बराबरी हैसियतमा मर्जर भएको खण्डमा चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ पुग्दा बीमा समितिले तोकेको न्यूनतम ५ अर्ब पूँजी सजिलै कायम हुनेछ । बीमा समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरूले न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने निर्देशन जारी गरेपछि दुई कम्पनीबीच मर्जरको प्रकृया अगाडि बढेको हो ।
प्रारम्भिक सहमतिमा दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याङ्कन ९डिडिए० प्रतिवेदनपछि मात्रै स्वाप रेसियो तय हुनुका साथै सञ्चालक समिति सदस्य र मर्जरका बाँकी काम तय हुने सहमति गरेका छन् ।
प्रतिक्रिया