आगामी आर्थिक वर्षका लागि सेबोनले माग्यो सरोकारवालासँग सुझाव

३ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमका लागि राय तथा सुझाव माग गरेको छ । 

सेबोनले एक सूचना प्रकाशित गर्दै धितोपत्र बजार तथा वस्तु विनियमावली बजारसम्बन्धी आगामी आर्थिक वर्षका लागि राय तथा सल्लाह–सुझाव माग गरेको हो । 

हाल सेबोनले नीति तथा कार्यक्रमको मस्यौदा तयार गरिरहेको छ । त्यसैले सरोकारवाला निकायले यही असार २० गतेभित्र धितोपत्र बजार विकास र विस्तारका लागि आफ्ना रचनात्मक राय तथा सल्लाह–सुझाव पेस गर्न सेबोनले आह्वान गरेको छ । 

सुझाव ई–मेल  [email protected] मा उपलब्ध गराउन सेबोनले आग्रह गरेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया