काठमाडौं - प्रभु इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा यही असार २८ गते आयोजना गर्ने निर्णय गरेको हो ।
सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय (प्रभु कम्प्लेक्स) मा बहान ११ बजेबाट सुरु हुनेछ । सभाले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रक्रिया अगाडि बढाउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अगाडि बढाउने जिम्मा सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले यही असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसको अर्थ असार १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया