काठमाडौं-साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ९४.९२ अंक बढेर १९५६.९९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.३२ अंक बढेर १९६७.३० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६४ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४४ स्टकको २६ लाख ८५ हजार ६५ रुपैयाँ ७० पैसा बराबरको ७ हजार ७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया