काठमाडौं– पुर्वी रुकुममा सदरमुकाम सार्ने बिषयले उग्ररुप लिए पछि त्यहाँको प्रशासनले कफ््रयु लगाएको छ । यस अघिको सरकारले हाल सदरमुकाम रहेको रुकुमकोट बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोलखाडामा सदरमुकाम सार्ने गरेको निर्णयलाई कार्यन्वयनको माग गर्दै त्यहाँका बासीन्दाले आन्दोलनको घोषणा गरे लगत्तै सम्भावित असुरक्षालाई ध्यानमा राखी सदरमुकामको चार किल्लामा प्रबेश निषेध गरी कफर््यु लगाईएको त्यहाँका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।
रुकुमकोट र गोलखाडावासी बिच शनिवार आईतवार भएको छपलफलमा दुई पक्षले आ–आफ्नो स्थान मै सदरमुकाम हुनु पर्ने दावी नछाडे पछि घम्साघम्सीको अबस्था सिर्जना भएको थियो । गोलखाडावासीले माघ २२ गते रुकुमकोटमा शक्ति प्रदर्शन गर्ने घोषणा गरे पछि दुबै पक्ष बिच हिंसा भड्किना सक्ने देखेर कफर््यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
रुकुम जिल्ला प्रशासनले पुर्वमा सिस्ने गाउँपालिका–५ का धौलापहिरा , पश्चिममा रानीकोट , उत्तरमा सिस्ने –६ को रुकुमगाडा हुँदै धाउनेको पानीघट्टा सम्म दक्षिमा सिस्ने ५ को रुमालाबारा हुँदै शहिद पार्क सम्म कफर््यु लगाएको हो ।
प्रतिक्रिया