काठमाडों - सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ ।
यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिने बैंकको भनाई छ ।
प्रतिक्रिया