काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता हुने भएको छ । बीमा समितिले बीमा कम्पनीहरुको मर्जर नीति अघि सारेपछि दुई कम्पनीबीच मर्जरमा जाने सम्बन्धी सम्झौता हुने भएको हो ।
सूर्या लाइफ इन्स्योरेन्सका अनुसार प्रारभिक मर्जर सम्बन्धी सम्पुर्ण तयारी सम्पन्न भइसकेको छ । दुबै कम्पनबीच आजै मर्जर सम्बन्धी सम्झौता हुने स्रोतले जनाएको छ ।
बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।
समितिको निर्देशन अनुसार पूँजी पुर्याउन क्रश होल्डिङ्ग भएका दुई बीमा कम्पनीबीच मर्जरका जाने सम्झौता हुने भएको हो ।
हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया