काठमाडौं- नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) २६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।
केन्द्रीय बैंकले असार १४ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल साउन १० गते परिपक्व हुनेछ।
यसैगरी राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो असोज ११ गते परिपक्व हुनेछ।
बैंकले १८२ का लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल भने आउँदो पुस १२ गते परिपक्व हुनेछ।
यसैगरी राष्ट्र बैंकले २०८० असार १२ गते परिवक्व हुने गरी ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ।
यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
प्रतिक्रिया