कुमारी बैंकसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतवार) शेयर बजारमा उछाल आएको छ । 

केही महिनादेखि सामान्य करेक्सन बाहेक लगातार ओरालो लागेको शेयर बजारमा आज हरियाली छाएको छ । १८०० को बिन्दुमा झरेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आइतबार ९४.९२ अंकले बढेर १९५६.९८ को बिन्दुमा उक्लिएको छ । 

आज नेप्सेमा २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैंया बराबरको शेयर कारोबार भएको छ । नेप्सेमा लगभग डेढ महिना पछि २ अर्ब बढीको कारोबार भएको हो । यसअघि वैशाख २९ गते २ अर्ब २६ करोड बढीको शेयर कारोबार भएको थियो । 

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया