आदर्श लघुवित्तको आईपीओ बाँडफाँड भोली

३ बर्ष अगाडि

काठमाडौं - आदर्श लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सोमबार (भोली) बिहान बाँडफाँड हुने भएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार सोमबार बिहान ९ बजे क्यापिटलको कार्यालय नक्सालमा सेयर बाँडफाँड हुनेछ ।

माग भन्दा बढी आवेदन परेकोले लघुवित्तको सेयरमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ६ हजार २६१ जना आवेदकले पाउनेछन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन असार ५ गते साँझ ५ बजेसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता सेयरको माग आवेदन परेको छ । 

यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता सेयरको ३२१.६८ गुणा बढी हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया