२४ घन्टाभित्र मन्त्री पद छाड्न तयार भन्दै मन्त्री आलेले दिए नेपाललाई प्रतिबद्धतापत्र

३ बर्ष अगाडि

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिन तयार भएका छन् ।

आलेले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा दिन तयार भन्दै आज प्रतिबद्धतापत्र बुझाएका हुन् । 

एकीकृत समाजवादीको केन्द्रीय समितिले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्न आफू तयार भन्दै आलेले अध्यक्ष नेपालसमक्ष राजीनामा दिन रहेको प्रतिबद्धतापत्र बुझाएका हुन् । 

प्रतिबद्धतापत्रमा आलेले आफूले २४ घन्टाभित्र मन्त्री पद छाड्न तयार रहेको उल्लेख गरेको पार्टी स्रोत बताउँछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया