एजेन्सी - हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पति मान्ने गरिन्छ । चन्द्रमा, सूर्य र हाम्रो सौर्यमण्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् ।
तर, विशाल ग्रह वृहस्पतिको उत्पत्तिको रहस्यबारे चित्तबुझ्दो जबाफ अझै फेला पर्न सकेको छैनन् । हालै गरिएको एक अध्ययनले वृहस्पतिलाई सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह मान्नुमा एउटा कारण रहेको पत्ता लागेको छ ।
वैज्ञानिकहरूका अनुसार यसले अन्य साना ग्रहहरू ‘खाएर’ यसको आकार (पृथ्वीभन्दा ३०० गुणा ठूलो) विशाल भएको हो । नासाको जुना अन्तरिक्ष अनुसन्धानले संकलन गरेको गुरुत्वाकर्षण तथ्यांक र ग्यास कोरमा रहेको चट्टानी सामग्रीको ‘कम्पोजिसन’को अध्ययनका आधारमा वृहस्पति ग्रहले बच्चा ग्रह ‘खाएको’ वैज्ञानिकहरूले निष्कर्स निकालेका हुन् ।
यो सिद्धान्त एसआरओएन नेदरल्याण्ड इन्स्टिच्युट फर स्पेस रिसर्चका यामिला मिगुएलको नेतृत्वमा रहेको खगोलविद्हरूको अन्तर्राष्ट्रिय टोलीले गत साता एस्ट्रोनोमी र एस्ट्रोफिजिक्स जर्नलमा आफ्नो लेख प्रकाशित गरेका थिए ।
यद्यपि, वृहस्पति कसरी बन्यो भन्ने बारेमा निश्चित रूपमा अझै थाहा नभएको वैज्ञानिकहरूको भनाइ छ । वृहस्पति आज मुख्यतया घुमिरहेको ग्यासको बल हुन सक्छ, तर यसले सौर्यमण्डलका सबै अन्य ग्रहहरू जस्तै चट्टानी सामग्रीहरू संग्रह गरेर आफ्नो जीवन सुरु गरेको वैज्ञानिकहरूको दाबी छ ।
प्रतिक्रिया