शेयर बजारमा उछाल, दुई घण्टामा ७३ अंकको वृद्धि

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतवार) शेयर बजारमा उछाल आएको छ । 

बजार खुलेको दुई घण्टा अवधिमा नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक ७३.४३ अंकले १९३५.४९  विन्दुमा पुगेको हो  । एक बजेसम्म नेप्से परिसुचक ३.९४ प्रतिशतले बढेको छ । 

यस अवधिमा कारोबारमा आएका २२० कम्पनीको २८ लाख ४९ हजार ९१५ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ५ करोड बढीको शेयर कारोबार भएको छ । 

कारोबारमा आएका २२० धितोपत्र मध्ये नागरिक लगानी कोष र सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुबै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया