काठमाडौँ – सिद्धार्थ बैंकले आफ्ना भिसा कार्ड बाहक ग्राहकलाई लक्षित गरी नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनाअन्तर्गत पहिलोपटक ५ सय वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ग्राहकले सय नगद क्यास ब्याक पाउनेछन् । त्यस्तै ती अनलाइन कारोबारलाई अझ बढी सुरक्षित बनाउन बैंकले जारी गरेका इन्टरनेसनल प्रिपेड कार्ड, डेबिड कार्ड, क्रेडिट कार्ड भरिफाई बाई भिसा प्रणालीमा प्रयोग गर्न सकिन्छ ।
कसरी गर्ने कारोबार ?
अनलाइन कारोबार गर्दा ग्राहकहरुको रजिस्टर्ड मोबाइल तथा इमेल आईडीमा वान टाइम पासवोर्ड आउँछ र उक्त पासवर्ड भेरिफाई भएपछि मात्र कारोबार सफल हुने बैंकले जनाएको छ ।
इन्टरनेसनल प्रिपेड कार्ड प्रयोग गरी ग्राहकले भारतीय मुद्राबाहेक जुनसुकै मुद्रामा पनि अनलाइन कारोबार गर्न सक्नेछन् । डेबिड र क्रेडिट कार्ड प्रयोग गरी नेपाली र भारतीय मुद्राहरुमा अनलाइन कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया