एजेन्सी - जर्मनका एयरपोर्टमा कर्मचारी अभाव भएपछि कर्मचारी परिपूर्तिका लागि वैदेशिक रोजगारीमा जान चाहने मानिसहरूलाई जर्मनले आह्वान गरेको छ ।
कर्मचारी अभावको समस्या अस्थायी रुपमा भएपनि समाधान गर्न वैदेशिक कामदारहरू आह्वान गरेको जर्मन श्रम, यातायात तथा इन्टेरियर मन्त्रालयले जानकारी दिएको हो ।
कोभिड–१९ संक्रमण कम हुँदै गएपछि युरोपियन देशहरूमा भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको छ । कम कामदार तर यात्रुको चाप धेरै हुँदा यतिबेला जर्मन लगायतका युरोपियन राष्ट्रहरूमा कर्मचारी अभाव बढेको छ ।
जर्मन श्रम, यातायात तथा इन्टेरियर मन्त्रालयले हालको अवस्थामा २ हजार देखि ३ हजार मानिसहर आवश्यक परेको र अन्य युरोपेली राष्ट्रहरूसँग समन्वय गरी वैदेशिक कामदारलाई एयरपोर्टमा काम गर्न स्वीकृति दिने बताएका छन् ।
अहिले सम्मको योजना अनुसार आवश्यक रहेका कामदार जुलाई महिनाबाट काममा परिचालन गर्ने गरी टर्कीबाट ल्याइने मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया