प्रभु क्यापिटलले सञ्चालनमा ल्यायो स्थानीयहरुले अनलाइनबाटै आईपीओको आवेदन दिने व्यवस्था

३ बर्ष अगाडि

काठमाडौं - प्रभु क्यापिटलले नेपालमा आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आईपीओको आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ

क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्कासन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित बासिन्दाहरूले आफैले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।

यसका लागि क्यापिटलको वेबसाइट http://ipoapply.praphucapital.com/ बाट आवेदकहरूले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजात सहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

यसबाट हित ग्राही खाता खोल्न बाँकी तथा हित ग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्नेछन् । आवेदन गरिसकेपछि लगानीकर्ताहरूले अनलाइनबाट इ सेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया