काठमाडौं - एनएलजी इन्स्योरेन्सले गत चैत १७ गतेको साधारण सभाबाट पारित गरेको बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा पठाएको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।
इन्स्योरेन्सले २०७८ चैत ५ गतेसम्ममा सेयर अभौतिक गराएकाहरूको हकमा मात्र डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको जनाएको छ ।
कागजी सेयर धारण गरेकाहरूलाई सेयर डिम्याट गर्न आग्रह गर्दै इन्स्योरेन्सले सो पश्चात मात्र डिम्याट खातामा बोनस सेयर जम्मा हुने बताएको छ ।
प्रतिक्रिया