काठमाडौं- साताको पहिलो कारोबार दिन(आइतबार) कारोबार सुरु भएको ५ मिनेटमै दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज नागारिक लगानी कोष र ङादी ग्रुप पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नागारिक लगानी कोषको शेयरमूल्य प्रतिकित्ता रु.२२०.७० ले बढेर रु.२ हजार ४२७.७० र ङादी ग्रुप पावरको शेयरमूल्य प्रतिकित्ता रु.५२.६० ले बढेर रु.५७८.६० पुगेको छ ।
नागारिक लगानी कोषले हिजो मात्र लाभांश घोषणा गरेको थियो र ङादी ग्रुप पावरले पनि हकप्रद शेयर जारी गर्दैछ ।
प्रतिक्रिया