काठमाडौं - संघीय संसदअन्तर्गत आज दुवै सदनका बैठक बस्दै छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ । राष्ट्रियसभाको बैठक बिहान ११ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथि भएको मन्त्रालयगत छलफलका क्रमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भइसकेको छ । राष्ट्रियसभाबाट पारित हुन बाँकी छ ।
यस्तै, प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन ९२०७७ साउन–२०७८ असार० पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिक्रिया