काठमाडौं - आप्रवासी कामदारको अभाव झेलिरहेका मलेसियाका रोजगारदाताले रोजगार पूर्णरूपमा त्यागेर स्वदेश नजान कामदार माथि दबाब बढाएका छन् ।
नेपाली दूतावास मलेसियाले साप्ताहिकरूपमा शुक्रबार सञ्चालन गर्ने फेसबुक प्रश्नोत्तर कार्यक्रममा सहभागी अधिकांश नेपालीले पूर्णरूपमा रोजगार छोडेर फर्किने प्रक्रिया ‘फिनिस’मा गए रोजगारीका लागि मलेसिया फर्किन नपाइने भन्दै कम्पनी तर्फबाट दबाब दिइने गरिएको गुनासो गरे ।
कोरोना भाइरसविरूद्धको खोप आई जनजीवन सहज भएपछि मलेसियामा विदेशी कामदारको अभाव देखिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
विदेशी कामदारको भिसा एप्रुभलमा ढिलाई गरिरहेको भन्दै मलेसियाका निजी क्षेत्रका उद्योगीहरूले सरकारको आलोचना गरेका छन् । मलेसियाका पाम आयल, कन्स्ट्रक्सन तथा म्यानुफ्याक्चरिङ सेक्टरमा विदेशी कामदारको माग अनुसार पूर्ति हुन नसकेको बताइएको छ ।
प्रतिक्रिया