काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको १६.५ प्रतिशत बोनस सेयर लगानीकर्ताको हितग्राही खातामा गरिएको जनाएको छ ।
कम्पनीले २०७८ पुस १३ गतेसम्म सेयर अभौतिकिकरण गराएका लगानीकर्ताको खातामा सेयर पठाईएको र सो मिति भन्दा पछि सेयर अभौतिकिकरण गराएकालाई क्रमश सेयर पठाईने कम्पनीले जनाएको छ ।
सेयर अभौतिकिकरण नगराएकाहरुलाई शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ । सेयर रजिष्ट्रार आरबीबी मर्चेन्टमा गई सेयर अभौतिकिकरण गराउन कम्पनीले आग्रह गरेको छ ।
सेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरि बोनस सेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया