क्रोएशियाको एक कम्पनीमा ३५२ नेपाली पुरुष महिला कामदारलाई रोजगारको अवसर, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - क्रोएशियाले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । क्रोएशिया सहरमा रहेको express kadrovi d.o.o. कम्पनीले विभिन्न पदका लागि २२८ पुरुष र १२४ महिला गरी जम्मा ३५२ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब ७८ हजारमाथि देखि ८५ हजार बढी पाउनेछ । इच्छुक कामदारले sunera nepal incorporated pvt.ltd. को कार्यालय महाराजगञ्ज काठमाडौंमा असार १५ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया