प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर हुने

३ बर्ष अगाडि

काठमाडौं - प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर हुने भएको छ । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् ।

दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ राखिनेछ । बीमा समितिलाई जसरी पनि चाहिएको मर्जर पूरा गर्न दुई कम्पनीहरु तयार भएका हुन् । 

बीमा समितिले तोकेको पाँच अर्ब चुक्ता पुँजि पुर्याउन आईपिओ अघि नै पुँजि बृद्धि गर्ने निर्णय गरेको महालक्ष्मी लाइफको चुक्ता पुँजि छिट्टै तीन अर्बभन्दा माथि हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया