सिवाईसी लघुवित्तको आईपीओका लगानीकर्ता मालामाल हुँदा पुनर्बीमाको मूल्य सर्वाधिक घट्यो

३ बर्ष अगाडि

काठमाडौं - सिवाईसी लघुवित्तको आईपीओ लगानीकर्ता यो साता मालामाल भएका छन् भने नेपाल पुनर्बीमा कम्पनीको सेयर लगानीकर्ताले यो साताको बजारबाट सर्वाधिक गुमाएका छन् ।

नेप्सेका अनुसार यो साता सिवाईसी लघुवित्तको सेयरमूल्य ४९.७८ प्रतिशतले बढेको हो भने पुनर्बीमा कम्पनीका लगानीकर्ताले १९।०९ प्रतिशतले गुमाएका छन् । 

हालै मात्र कारोबारमा आएको सिवाईसी लघुवित्तको सेयरमूल्य ४३७.३० बाट २१७।७० रुपैयाँ बढेर ६५५ रुपैयाँ पुगेको हो भने पुनर्बीमा कम्पनीको सेयरमूल्य ७४४ रुपैयाँबाट १४२ रुपैयाँ घटेर ६०२ रुपैयाँमा झरेको छ ।

यस साता आँधीखोला लघुवित्तको सेयरलगानीकर्ताले पनि ४८.३२ प्रतिशत नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ५९६.७० बाट बढेर ८८५ रुपैयाँ पुगेको छ । 

लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयरमूल्य ११०० रुपैयाँबाट ११.८१ प्रतिशत बढेर १२२९.९० रुपैयाँ पुगेको छ । सामुदायिक लघुवित्तको सेयरमूल्य ५।२७ प्रतिशत तथा लक्ष्मी लघुवित्तको सेयरमूल्य ४.१५ प्रतिशतले बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया