असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

३ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा हिजो असार ९ गतेदेखि काठमाडौं नगरपालिका वडा नं। २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकका सञ्चालक समिति सदस्य प्रा।डा। गिता प्रधान र असन, वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । 

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया