किन बलियो बनिरहेको छ रुबल ?

३ बर्ष अगाडि

एजेन्सी - अमेरिका र ईयूले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको भाउ गत वर्षको यही समयको तुलनामा अहिले ६० प्रतिशत महँगिएको छ । 

अमेरिकाले रुसी तेल आयात ठप्प पारेको छ भने ईयूले कटौतीको घोषणा गरेको छ । युक्रेनमाथि आक्रमण गरेको पहिलो १०० दिनमा रुसले इन्धन बेचेर ९८ अर्ब डलर कमाएको छ । ६० अर्ब डलरको तेल ईयूलाई बेचिएको छ । 

रुसले पश्चिमी देशहरूलाई कम तेल बेचेको भए पनि समग्रमा विक्री मूल्यचाहिँ अहिलेसम्मकै उच्च भएकाले रुसको चालु खाता बचत उच्च छ । यो वर्षको पहिलो तीन महीनामा रुसको चालु बचत खाता १ खर्ब १० अर्ब डलर भएको रुसी केन्द्रीय बैंकले बताएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा साढे ३ गुणा भन्दा धेरै हो । 

प्रतिबन्धलगत्तै रुस सरकारले विदेशी मुद्रा बाहिरिने क्रम सीमित बनाउन पूँजी नियन्त्रण शुरु गरेको थियो । प्रतिबन्धकै कारण पनि रुसले पहिलेजस्तो धेरै आयात गर्न सकेन । आयातमा पनि थोरै खर्च भयो । फलतः निर्यात आम्दानी बढ्दा पूँजी बहिर्गमन कम भयो । यसले गर्दा रुबल बलियो बनेको हो । 

तर, पछिल्लो समय केन्द्रीय बैंकले रुबललाई कमजोर बनाउन पूँजी नियन्त्रण केही खुकुलो पारेको छ । रुसलाई स्वीफ्ट अन्तरराष्ट्रिय बैंकिङ प्रणालीबाट बहिस्कार गरिएको र विश्वभर डलर–यूरोमा कारोबार गर्न प्रतिबन्ध लगाएको अवस्थामा रुससँग आन्तरिक व्यापार गर्नेबाहेक अरु विकल्प छैन । 

रुसको विदेशी विनिमय सञ्चिति ६ खर्ब डलर आसपास छ । प्रतिबन्धका कारण अहिले रुसबाट विदेश पैसा पठाउन गाह्रो छ । रुबल कागजमा केही बलियो बनेको छ । तर, रुसले विदेशबाट आफ्नो अर्थतन्त्रलाई चाहिएको सामान किन्न सकेको छैन । अहिले रुस पोतेम्किन गाउँ ९एउटा काल्पनिक गाउँ० बनेको छ । 

रुबल यही स्तरमा बलियो रहिरह्यो भने पनि यसले अर्थतन्त्र र रुसी जनजीवनमा विनाशकारी प्रभाव पार्नेछ । रुबल बलियो हुनुको अर्थ रुसी अर्थतन्त्र बलियो छ र यो अन्ततः प्रतिबन्धको झड्काबाट बच्छ भन्नेचाहिँ होइन । एजेन्सी

३ बर्ष अगाडि

प्रतिक्रिया