काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघको संस्थागत पहलमा सबै वैदेशिक रोजगार व्यवसायीहरूको इजाजतपत्र नवीकरणको पहल भइरहेको भन्दै परस्परमा भ्रम दुविधा हुने गतिविधि नगर्न वैदेशिक रोजगार व्यवसायीहरूलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वार्षिकरूपमा एक सय जना कामदार पठाउन नसकेका वैदेशिक रोजगार कम्पनीको विवरण संकलन गरिरहेको छ भने नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले संख्या सय समस्या समाधानका लागि पार्टीका नेताहरू ज्ञापनपत्र बुझाउँदै समस्याको सकेसम्म छिटो समाधान दिन माग गरिरहेको छ ।
म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्न लगातार दुई आर्थिक वर्षसम्म वार्षिक सय जना कामदार पठाउन नसकेको अवस्थामा इजाजतपत्र रद्द गर्ने र वैदेशिक रोजगार नियमावलीमा पनि इजाजत नवीकरण गर्न वार्षिक सय जना कामदार वैदेशिक रोजगारमा पठाउन श्रम स्वीकृति लिएको हुनुपर्ने गरी गरिएको बाध्यात्मक व्यवस्था परिवर्तन गराउन उच्चतम पहल भइरहेको संघका संयोजक विमल ढकालले बताए ।
प्रतिक्रिया