यो साता एक कम्पनीको मात्रै शेयरमूल्य नेप्सेमा समायोजन, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सेञ्च (नेप्से) मा यो साता एक कम्पनीको मात्रै शेयरमूल्य समायोजन भएको छ । यो साता सानिमा लाइफ इन्स्योरेन्सको मात्रै शेयरमूल्य नेप्सेमा समायोजन भएको हो । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुक क्लोज गरेपछि नेप्सेले इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयर मूल्य ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया