बीमितको मृत्युदर तालिकालाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक : बीमा समिति अध्यक्ष

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमितको मृत्युदर तालिकालाई समयसापेक्ष परिमार्जन गर्नु पर्ने आवश्यकता औंल्याएका छन् ।

बीमा समितिले आयोजना गरेको जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम अध्यक्ष सिलवालले बीमाप्रतिको विश्वास बढाउँदै बीमा व्यवसायलाई विस्तार गर्न र बीमितको हितको रक्षा गर्न समेत अध्ययन आवश्यक रहेको बताए ।

उनले बीमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कहरुलाई अद्यावधिक गर्न बीमा कम्पनीहरुलाई निर्देशन समेत दिए । वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बीमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरु लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।

वि.सं. २०६६ सालमा बीमितको मृत्युदर तालिका तयारी भई कार्यान्वयनमा रहेको र यस अवधिमा दुई पटक राष्ट्रिय जनगणना समेत भई औषत मृत्युदर सम्बन्धी तथ्याङ्क सार्वजनिक भइसकेको पनि उनले जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया