काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले धर्म परिवर्तन गराउनेहरुलाई वर्तमान सरकारले नै संरक्षण गरिरहेको आरोप लगाएको छ ।
पार्टीको आज आइतबार देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् ।
थापाले भने,आर्थिक प्रलोभन दिएर धर्म परिवर्तन गराउनेहरुलाई सरकार र सत्तारुढ दलकै संरक्षण र प्रोत्साहन रहेको छ। हामी यसको घोर निन्दा गर्दछौं ।
आइतबार देखि सुरु भएको केन्द्रीय समितिको बैठक भोलिसम्म चल्ने छ ।
प्रतिक्रिया