नेप्सेमा एक ऋणपत्रसहित ७ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता एक कम्पनीको ऋणपत्रसहित ७ कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल राष्ट्र बैंकको ऋणपत्र र प्रोग्रेसिभ फाइनान्स,  नेपाल पुनर्बीमा कम्पनी, नेसनल हाइड्रोपावर, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र जानकी फाइनान्सको बोनस सेयर सूचिकृत भएको हो । 

१. प्रोग्रेसिभ फाइनान्स
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रोग्रेसिभ फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यो कम्पनीको कुल ४ लाख ८० हजार ६० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

गत आर्थिक वर्षका लागि यो फाइनान्सले आफ्ना सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

२. नेपाल पुनर्बीमा कम्पनी
नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १५.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

३. नेसनल हाइड्रोपावर
नेप्सेमा नेसनल हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको  २५ लाख ६६ हजार ५७.४३५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले १८.५२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

४. प्रभु इन्स्योरेन्स
नेप्सेमा प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १२ लाख ७८ हजार ९२.५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

५. एनएलजी इन्स्योरेन्स
नेप्सेमा एनएलजी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५० लाख ५० हजार १६२.४८५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

६. जानकी फाइनान्स 
नेप्सेमा जानकी फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । जानकी फाइनान्सले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

फाइनान्सले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर बाँडेको थियो । सोही १५ प्रतिशतबराबरको ९ लाख ६१७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । 

७. नेपाल राष्ट्र बैंक
नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा  निष्कासन गरिएको कुल ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । 

२०८१ “ङ” नामक विकास ऋणपत्र २ वर्ष अवधिको लागि १० अर्ब बराबरको,२०८१ ”च”नामक  विकास ऋणपत्र २ वर्ष अवधिको २ अर्ब बराबरको र २०८३ “छ” नामक विकास ऋणपत्र ४ वर्ष अवधिको लागि रू। १५ अर्ब गरेर कुल ३५ अर्ब विकास ऋणपत्र सूचीकृत भएको हो ।
 


 

३ बर्ष अगाडि

प्रतिक्रिया