आकर्षक तलबका साथ कतारले माग्यो नेपाली कामदार, अन्तरवार्ता कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - कतारको एक कम्पनीले आकर्षक तलबका साथ नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको al waseem translation and services कम्पनीले विभिन्न पदका लागि ३ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब ८५ हजार बढी पाउनेछ । इच्छुक कामदारले mac international manpower pvt. ltd. को कार्यालय बानेश्वर काठमाडौंमा असार २२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले तिनुपर्नेछ । यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया