पाकिस्तानको कर बढेसँगै शेयर बजार खस्कियो

३ बर्ष अगाडि

काठमाडौं - पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शुक्रबार ठुला उद्योगहरुमा १० प्रतिशत विशेष कर लगाउने घोषणा गरेका छन् । पाकिस्तानले एक वर्षकालागि विशेष कर लगाउने भएको हो ।

यस करको दायरामा सिमेन्ट, स्टिल, चिनी, विषाधी, टेक्सटाइल, तेल र ग्यास, चुरोट, केमिकल, बैंक, पेय पद्धार्थ र अटोमोबाइल लगायतका क्षेत्रका १३ ठुला उद्योगहरु पर्ने भएका छन् ।

अन्तरराष्ट्रिय मुद्रा कोषको महत्वपूर्ण कोषलाई पुनः सुचारु गर्नु अघि ४०० बिलियन पाकिस्तानी अर्थात् १।९३ बिलियन डलर रकम जुटाउनकालागि यस्तो कदम उठाएको पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माईलले बताए ।

यो सँगै विशेष करको घोषणाको असर शुक्रबार पाकिस्तानको शेयर बजारमा परेको छ । बजारमा सेलिङ प्रेसर बढेको थियो । सो घोषणा भएसँगै मध्यान्हमा पाकिस्ताको कराची स्टक एक्सचेन्ज १०० सूचक ४।८ प्रतिशत अर्थात् दुई हजार ५३ अंकले झरेर विन्दुमा रोकिएर बन्द भएको थियो ।

पाकिस्तान स्टक एक्सचेन्जका अनुसार यदि सूचक अन्तिम पटक बन्द भएको विन्दुभन्दा पाँच प्रतिशत माथि पुगेर वा तल झरेमा सबै ब्रोकर कम्पनीमा छोटो अवधिकालागि कारोबार रोकिन्छ ।

हाल भने कराची स्टक एक्सचेन्ज एक हजार ७४२.१४ अंक अथवा ४.०८ प्रतिशतले घटेको देखिन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया