सवारीसाधनमा भारी वृद्धि गरिएको वार्षिक कर फिर्ता लिन नाडाको माग

३ बर्ष अगाडि

काठमाडौं - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्यमार्फत सवारीसाधनहरुको वार्षिक कर गरिएको भारी वृद्धि फिर्ता लिन माग गरेको छ । 

नाडाले आज एक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्यमार्फत सवारीसाधनहरुको वार्षिक कर गरिएको भारी वृद्धि फिर्ता लिन माग माग गरेको हो। विज्ञप्तिमा गण्डकी सरकारले ६–६ महिनामा सवारीसाधनहरु जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति लिएकोमा त्यो अविलम्ब खारेज गरी पुरानै व्यवस्था कायम गर्न पनि माग गरिएको छ । 

नाडाले विगतदेखि नै सम्पूर्ण प्रदेशमा सवारीसाधनको कर समान हुनुपर्ने माग राख्दै आएको छ। सोहीअनुसार केही महिना अघिमात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसी सबै प्रदेशहरुमा समान सवारी कर लागू गर्ने सहमतिसमेत भइसकेको छ । 

तर, सोही सहमतिविपरीत अहिले आएर गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर वृद्धि गर्नुका साथसाथै ६–६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीतिसमेत ल्याएकोमा नाडाले तत्काल फिर्ता लिन माग गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया