५० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै निफ्रा, धितोपत्र बोर्डमा दियो निवेदन

३ बर्ष अगाडि

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) ले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । 

बैंकले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा असार १ गते निवेदन दिएको हो । 

कुल ५० लाख कित्ता ऋणपत्र मध्ये बैंकले २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि  र ३० लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्न सेबोनमा निवेदन दिएको हो । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा आगामी ७ वर्ष सम्मका लागि निफ्रा उर्जा ऋणपत्र २०८५÷८६ नामक ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया