नेपाल एसबिआई बैंकले  ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न पायो धितोपत्र बोर्डबाट अनुमति

३ बर्ष अगाडि

काठमाडौं- नेपाल एसबिआई बैंकले  ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले रू. १ हजार अंकित दरको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार ९ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले आगामी ५ वर्ष सम्मको लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया