लगातार ओरालो लागेको शेयर बजारमा केही सुधार, आजको हरियाली टिक्ला त ?

३ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (शुक्रबार) शेयर बजारमा केही सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर १८६२.०६ को बिन्दुमा पुगेको हो । 

बजार विकास र विस्तारका लागि अब चाहीँ केही होला भन्ने माहोल देखिएपछि लगानीकर्ताहरू केही उत्साहित देखिएका छन् । जुन कुरा आजको बजारले समेत देखाउँछ । शुक्रबार हुने २ घण्टाको कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि हिजो अस्ति दिनभरको तुलनामै भएको छ ।

नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४ हजार ७५ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज ८ करोड ६३ लाख १२ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

यस्तै, ङादी ग्रुप पावरन्यादी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. २७२.९० पुगेको छ । त्यसैगरी दोस्रोमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.२१ प्रतिशत बढेर रू.६५५ पुगेको छ । 

शुक्रवार सबैभन्दा बढी आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.८८ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ८८५ मा झरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया