काठमाडौं- साताको अन्तिम कारोबारको दिन (शुक्रबार) शेयर बजारमा केही सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर १८६२.०६ को बिन्दुमा पुगेको हो ।
नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४ हजार ७५ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज ८ करोड ६३ लाख १२ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको ६ करोड ३१ लाख, लक्ष्मी बैंकको ४ करोड ७६ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ४८ लाख र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ३ करोड ७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया