काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय पुँजीबजारमा देखिएका समस्याका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।
कांग्रेस महामन्त्री थापाले सामाजिक सञ्जालमा आफूले अर्थतन्त्रमा देखिएका विविध समस्याका विषयमा गभर्नर अधिकारीलगायत राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरुलाई भेटेर छलफल गरेको जानकारी गराएका छन् ।
उनले भेटमा हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया