३५ अर्बको नेपाल सरकारको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

३ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शुक्रवार नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । 

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा  निष्कासन गरिएको कुल रू. ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । २०८१ “ङ” नामक विकास ऋणपत्र २ वर्ष अवधिको लागि रू. १० अर्ब बराबरको,२०८१ ”च”नामक  विकास ऋणपत्र २ वर्ष अवधिको रू. २ अर्ब बराबरको र २०८३ “छ” नामक विकास ऋणपत्र ४ वर्ष अवधिको लागि रू. १५ अर्ब गरेर कुल रू. ३५ अर्ब विकास ऋणपत्र सूचीकृत भएको हो ।
 
राष्ट्र  बैंकले २०८१ “ङ” नामक विकास ऋणपत्र  वार्षिक ९.१४ प्रतिशत ब्याजदरमा जेठ  ६  गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८१ जेठ ६ गते हुनेछ । त्यसैगरी २०८१ “च”  नामक विकास ऋणपत्रको वार्षिक ९.१३ प्रतिशत ब्याजदरमा जेठ १३ गते निष्कासन भएको थियो ।

 ऋणपत्रको साँवा भुक्तानी २०८१ जेठ १३  गते हुनेछ । त्यसैगरी २०८३ “छ” नामक ऋणपत्रको वार्षिक ९.२० प्रतिशत ब्याजदरमा जेठ २५ गते निष्कासन भएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८३ जेठ २५ गते हुनेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया