अलफ्टमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

३ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छाँयाँदेवी कम्प्लेक्स ठमेलस्थित अलफ्ट काठमाण्डौ ठमेलबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकले अलफ्ट होटेलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफी सप र एक्वा बारमा १० प्रतिशत सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ । 

त्यसैगरी आफ्ना कार्डबाहकको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न बचत खातामा गरेको छ।  

३ बर्ष अगाडि

प्रतिक्रिया